देश

स्वाइन फ्लूको संख्या ४०० प्रतिशतले बढ्न सक्ने


काठमाडौँ— भारतमा महाराष्ट्रको स्वास्थ्य विभागले यस वर्ष मनसुन महिनाहरूमा स्वाइन फ्लू ४०० प्रतिशतले बढ्न सक्ने जनाएको छ ।

राज्यमा जनवरी १ देखि जुलाई २१ सम्म स्वाइन फ्लूका १४२ केसहरू रेकर्ड भए पनि जुलाईदेखि सेप्टेम्बरसम्ममा ३,५८५ केस पुगेको छ। राज्यले यस वर्ष भाइरसको कारणले गर्दा २०५ जनाको मृत्यु भएको जनाएको छ , जसमा पुणेमा सबैभन्दा बढी ४६ जनाको, त्यसपछि कोल्हापुरमा १९ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा स्वाइन फ्लूका ३,५८५ जना संक्रमित र २०५ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। यी मामिलाहरू जुलाई, अगस्ट र सेप्टेम्बरमा बढेको देखिएको छ।