देश

आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैनः पूर्वगभर्नर नेपाल

योहो संवाददाता

काठमाडौँ— निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्रमा समेत २ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ । निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन जित्नको लागि आत्याधिक खर्चिने गर्दछन् । निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ ।निर्वाचनको समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि सोही अनुसार चलायमान बन्ने आँकलन गरिन्छ ।

तर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका समयमा मुलुकको अर्थतन्त्र सुस्तगतिमा अगाडि बढीरहेको छ भने बजारले एक वर्षदेखि तरलता अभ�