कोरोना विशेष

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ— पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा २९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।