देश

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता हुने


काठमाडौँ— राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ र ०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिकरग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ । त्यस्तैगरी कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको भदौ मसान्तमित्र प्रकाशन गरिनेछ । कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले जनाएको छ ।