देश

ग्रिन हाइड्रोजन समिट हुँदै


काठमाडौँ— आजबाट नेपालमा पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुँदैछ । जलवायु परिवर्तनको असर न्युनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको हो ।

आयोजकले असोज २४ र २५ गते हरित हाइड्रोजन सम्बन्धी वृहत सम्मेलन आयोजना गर्न लागेको जनाएको छ । एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रिन हाइड्रोजन समिटको आयोजना गर्न लागेका हुन् ।

ताहाचलस्थित होटल सोल्टीमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ ।