काठमाडौँ— कारको ठक्करले दाङमा एक जना महिलाको मृत्यु भएको छ। कारले ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १० चारबगियाकी ७५ वर्षीया कुँवारी उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ।
डिएसपी राजन गौतमका अनुसार आइतबार साँझ ६ बजेतिर हापुरदेखि नारायणपुरतर्फ आउँदै गरेको कारले उपाध्यायलाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
कार र चालक प्रहरी नियन्त्रणमा छन्।
प्रतिक्रिया