काठमाडौँ— विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब करिअरमा सात सय गोल पूरा गरेका छन् । आइतबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध रोनाल्डोले गोल गर्दै सात सय गोल पूरा गरेका हुन् ।
घरेलु टिम एभर्टनलाई म्यानेचस्टर युनाइटेडले २–१ गोलले पराजित गर्ने क्रममा रोनाल्डोले कीर्तिमानी सात सय गोल पूरा गरेका हुन् । युनाइटेडको जितमा रोनाल्डोले र डोस सान्तोसले समान १–१ गोल गरे । यता, एभर्टनका इवोबीले एक गोल गरे । खेलको पाँचौँ मिनेटमा नै एभर्टनका इवोबीले गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध अग्रता दिलाए ।
तर खेलको १५औँ मिनेटमा डोस सान्तोषले गोल गरेपछि युनाइटेडले १–१ गोलको बराबरी बनाएको थियो । खेलको ४४ औँ मिनेटमा रोनाल्डोले कीर्तिमानी गोल गरे । उनको यो गोलसँगै आफ्नो क्लब करिअरमा सात सय गोल पूरा गरे । पहिलो हाफमा नै २–१ गोलले अघि रहेको युनाइटेडले दोस्रो हाफमा एभर्टनलाई रोक्दै जित निकालेको हो ।
यो जितसँगै युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । आठ खेलबाट म्यानचेस्टर युनाइटेडको १५ अंक भएको छ । पराजित एभर्टनको नौ खेलबाट १० अंक छ ।
प्रतिक्रिया