देश

काठमाडौं ५ बाट कलाकार सिते बाको उम्मेदवारी दर्ता


काठमाडौँ — अभिनेता मधुसुधन पाठक (सिते बा) ले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उनले मनोनयन दर्ता गरेका हुन् । राष्ट्रिय झण्डा ओढेरै उनी निर्वाचत अधिकृतको कार्यालयमा पुगेका थिए ।

मनोनयन दर्तापछि संचारकर्मीसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी पार्टीको भ्रष्टाचार र बेथितीविरुद्ध भएको बताए । नयाँ पुस्तालाई पनि राजनीतिमा लाग्नुपर्छ भन्ने प्रेरणा दिन आफ्नो उम्मेदवारी भएको उनको भनाई छ ।