देश

सेयर बजारमा हरियाली छायो


काठमाडौँ— दसैँपछिको पहिलो कारोबारका दिन आज सेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो कारोबारका दिन आज नेप्से ४४।६२ अंकले बढेको छ ।

आज २।४१ प्रतिशतले बढेर नेप्से १८९८।३८ को बिन्दुमा पुगेको छ । आज २२४ कम्पनीका १४ हजार ९९१ कारोबारमा ८३ करोड ६८ लाख ७३ हजार १३९ रुपैयाँको २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि २।४२ प्रतिशतले बढेर ३७२।२१ को बिन्दुमा पुगेको छ ।

यस्तै, १३ वटा उपसमूहमध्ये लगानी सबै उपसमूह बाहेकको समूहगत सूचक बढेको छ । आज फाइनान्स समूहको सर्वाधिक ४।६९ प्रतिशतले परिसूचक बढेको छ । आज सप्त्तकोशी विकास बैंकले ९।९५ प्रतिशतले बढेको छ । यस्तै उपकार लघुवित्त वित्तीय संस्थाको ९।८४ प्रतिशतले बढेको छ ।

यस्तै आज ग्लोबल आईएमई ब्यालेन्स फन्ड १ को सर्वाधिक ४।४८ प्रतिशतले घटेको छ ।