कोरोना विशेष

थप २२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ— पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७६१ जनामा गरिएको नमुना परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ५७० जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।