Breaking

राष्ट्रपति भण्डारी अस्पताल भर्ना


काठमाडौँ — भाइरल ज्वरोका कारण राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति उनी महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

भाइरल ज्वरोका कारण उहाँ अस्पतालमा भर्ना हुनुहुन्छ। उहाँको परीक्षण भइरहेको छ उनले भने ।