Breaking

झन चर्कियो रुस–युक्रेन युद्ध, बाइडेन र पुटिन आरोप प्रत्यारोपमा उत्रिए


काठमाडौँ — ७महिनालामो रुस युक्रेन युद्ध अन्त्यहुने कुनै संकेत देखिएको छैन, दुबै राष्ट्रआ— आफ्नो समर्थनमा तेस्रो राष्ट्रको साथखोज्न थालेपछि युद्ध थपलम्बिने निश्चित छ । पश्चिमा राष्ट्रहरुको घेरा बन्दिले दबाबमा परेको रुस पछिल्लो समय चीन र उत्तरकोरिया जस्ता राष्ट्रहरुको अप्रत्यक्षसाथले भने हौसिँदै आएको छ । युद्धको सरुवाति चरणमा रुस र युक्रेनले सायदै सोचेका थिएहोलान कि युद्धले यो रुप लेलाभनेर ।

युद्धले पुयाएको क्षति त विश्व समुदायको कल्पनाभन्दापनिबाहिर छ । सातमहिनाको अवधीमादुई देशका४ करोड ४० लाखमानिसप्रभावितभएका छन् । ६११४ जनाको मृत्य भईसकेको छ भने ६१३२ जना घाईते भएका छन् ।पछिल्लो समय युक्रेनको राजधानी किएभबाट केही दूरीमा रहेको राजधानीकासहरमाथुप्रै घातकहवाई आक्रमण समेत भएका छन् । युद्धका क्रममा रुसले युक्रेनका केही क्षेत्र कब्जा गरेको घोषणा समेत गरेको छ ।

यसबीचमायुक्रेनको विवादास्पद क्षेत्रमा रुसले जनमत सङ्ग्रहमात्र गरेन, धेरैजसो नागरिकले रुसमागाभिने पक्षमामतदिएको भन्दै रुसका चार क्षेत्रआफूमागाभिएको घोषणा नै गर्यो । अमेरिका, युरोपेली सङ्घलगायतपश्चिमाशक्तिले यो जनमत सङ्ग्रहलाई अवैधानिक घोषणा गरे । युक्रेनको सरकार र उसका सहयोगीहरुले त यो मतदानलाई धोखाको रूपमा समेतनिन्दा नै गर्यो ।यता मस्कोले युक्रेनका केही क्षेत्रलाई आफूमागाभेर, सैन्य परिचालनको आदेश दिएर र आणविक प्रतिशोधको धम्कीदिएर युद्ध जित्ने प्रयास गरिरहेको छ ।

दुई देश बिचको युद्ध चलिरहदायुक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकी निर्णयबाट रूष्ट बनेको रूसले अमेरिकासँग सीधा सैन्य भिडन्तको जोखिम बढाएको चेतावनीदिएको छ । पुटिनले युक्रेनमाथि युद्ध घोषणा गरेयता अमेरिकाले युक्रेनलाई करिब १७विलियन अमेरिकी डलर बराबरको सहयोगको वाचा समेत गरेको थियो ।यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले आणविक युद्धको जोखिम सन् १९६२ यताकै उच्च रहेको बताएका छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीलाई गम्भीर रूपमालिनुपर्ने पनिबताएका छन् । साथै अमेरिकाले पुटिनले चाल्न सक्ने सम्भावितकमदको विश्लेषण गरिरहेको समेत बाइडेन बताउछन् ।दुई देशमा राष्ट्रप्रमुखको यस्ता चेतावनीले रुस युक्रेन युद्ध अमेरिकासम्म फैलने सम्भावना बढेको छ ।