काठमाडौँ — एमालेविरुद्ध संसदीयनिर्वाचनसम्मै एक हुने निर्णय गरेका सत्ताघटक दलअन्तततित्तरवित्तर हुने अवस्थामाआएका छन् । सिट संख्यामाअसहमतिजनाउँदैजसपाएमालेको शरणमा पुगेपछि नेपाली राजनीति तरंगीत बनेको छ । प्रतिगमन करार भएकाओली र अग्रगमनकारीको ढोल पिटेका यादवबीचको चुनावी समिकरणलाई लिएर मतमतान्तर बढेको छ । पाँचदलिय गठबन्धनमा बाँधिएका सबै राजनीतिकदलकालागिबालकोट एक–अर्कालाई घुक्र्याउने अस्त्र बन्दै आएको छ ।
पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलहरुलाई बालकोट देखाएरतर्साउँनेगर्दथे । बालकोट नै देखाएर बार्गेनिङ गरिरहेको जनता समाजवादी पार्टी जसपासत्ता गठबन्धन नगलेपछि अन्ततएमालेकै शरणमा पुगेको छ ।जसपाअध्यक्षउपेन्द्र यादवको बालकोट यात्राएमालेभित्रमधेशको जिम्मापाएको एमाले नेता रघुविर महासेठकोनिवासमाविहिवार रातिअवेरसम्मभएको छलफलपछि निर्णयाकभएको हो ।
दुई दलकाशीर्ष नेतृत्वअहिले सिट संख्यालाई लिएर छलफलमा छन । गठबन्धनभित्र जसपाको हैसियतअनुसार सिटनपाउने भएपछि एमाले रोजेका नेताहरुको तर्क छ । एमालेसँग गठबन्धन नभई चुनावीतालमेल मात्रभएको उनीहरुको तर्क छ । सिट बाँडफाँडमा कांग्रेसभित्र संस्थापनइतर शेखर कोइराला समुहको विद्रोह र मधेशमा शेखर समुहको पकडका कारण पनिजसपाकालागिकांग्रेस बाधकबन्दै आएको नेताहरुको बुझाइ छ ।
नागरिकताविधयकविरोधी,मधेश विरोधीभन्दै ओलीलाई प्रतिगमन करार घोषणा गर्न भ्याएका, पार्टीभित्रकामहन्थ ठाकुर समूहले ओलीलाई समर्थन गरेको भन्दै पार्टीविभाजन समेत गर्न पछि नपरेका उपेन्द्र यादवअन्ततचुनावमाआफ्नो पार्टीको अस्तित्वजोगाउनकै लागिओलीको शरणमा पुगेका छन ।
परस्पर विरोधीदुई शतिm केवलचुनावी स्वार्थका लागि एक हुने भएका छन्भने एक्लै चुनावजित्ने हुँकार गरेका ओलीपनिसानादलहरुसँग तालमेल गरेर निर्वाचनमा गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्ने प्रयासमा छन् । पछिल्लो समय मधेसमागिरेको साखफर्काउनजसपासँग सहकार्य लाभदायकहुने एमालेको बुझाइ छ ।
मधेश विरोधि छवी बनाएकाओली र मधेशको मुद्धा उठाएरै राष्ट्रिय राजनीतिमाउदाएर पटक पटक सत्ताको स्वादचाखेकोे जसपाको चुनावीतालमेल कतिपलदायकहोलाअहिले नै भन्न कठिन छ । २०७४ को निर्वाचनमामधेश केन्द्रितदलहरुबीचभएको तालमेलका कारण राम्रो जनमतपाएको जसपा र एमालेबीचको तालमेलले मधेसको राजनीति तरंगीत बनेको छ ।
एक्लै चुनाव लड्ने दाबीबाट पछि हट्दै राप्रपा सहित सानादलहरुसँग तालमेल गरेर गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्ने रणनीतिमा लागेको एमाले जसपासँगको सहकार्यलाई लिएर उत्साहित देखिन्छ ।निर्वाचन हरेक राजनीतिकदलकालागिजनमत प्रमाणित गर्ने अवसर हो । दलहरु निर्वाचनआफ्नो पक्षमापार्न जस्तो सुकै मुल्यचुकाउनतयार हुने परिपाटीले विचार र सिद्धान्त भने छायाँमा पर्दै आएका छन् ।
प्रतिक्रिया