काठमाडौँ — नाबालिगबलात्कार आरोपमा नेपालीक्रिकेट टोलीकानिलम्बितकप्तान सन्दीप लामिछाने बिहिबार पक्राउ परे । सन्दीपलाईप्रहरीले विमानस्थलबाटै पक्राउग¥यो । तर सन्दीपको हातमा हतकडी लगाएपछि प्रहरी आलोचित बनेको छ । हतकडी सम्बन्धीव्यवस्था के छ त ? नेताहरु पक्राउपर्दा खुशी हुन्छन् ।
ओठमा हाँसो हुन्छ,हातमा हतकडी हुँदैन । क्रिकेटर सन्दीप लामिछाने पक्राउपर्दा भने ओठमा हाँसो थिएन, हातमा हतकडी थियो । यसलाई कतिपयले इज्जतधान्ने र इज्जतमास्नेबीचको फरकका रुपमाअथ्र्याएका छन् । दृश्यले समेत त्यस्तै देखाएको छ ।
नेपालीक्रिकेट टोलीकानिलम्बितकप्तान सन्दीप लामिछाने पक्राउ परेसँगै सामाजिक सञ्जालभरि हतकडीले बहस जन्माएको छ । आत्मसमर्पण गरेको व्यक्तिलाई प्रहरीले अपराधिकै शैलीमाविमानस्थलबाट प्रक्राउगरि हतकडी लगाएर हिरासतमा पु¥याएपछि समर्थकहरुले अन्याय महसुस गरेका छन् ।
तर एकथरि छन्, आरोपीलाई हतकडी नलगाएर के फुलमालालगाउने त ?यस्तो तर्क गरिरहेका छन् । अर्काेथरिले प्रश्नगरिरहेका छन्, आत्मसमर्पण गरेको व्यक्तिलाई प्रहरीले किनहतकडी लगायो ?प्रहरीले हतकडीलगाएको विषयमास्वंयम् सन्दीपले समेत आपत्तिजनाएका छन् ।बिहिबार बिहानपक्राउ परेपछि गौशालाप्रहरी वृत्तको हिरासतमा रहेका सन्दीपले आफुले लिखित रुपमै आग्रहगर्दा पनिप्रहरीले हतकडी लगाएर ल्याएको विषयमाआफ्ना वकिलसँगको भेटमा गुनासो गरेका छन् ।
त्यसो भए, हतकडीसम्बन्धीकानुनमा के व्यवस्थागरिएको छ ।पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउनै पर्छ ?लगाउनै पर्ने भए यसअघि यस्तै मुद्धामा प्रहरीले पक्राउ गरेका पूर्व सभामुख कृष्णबहादुर महराकाहातमाकिन हतकडीथिएन?जिउँदै मान्छेलाई इट्टाभट्टामाजलाएको आरोप लागेकामोहम्मदअफतावआलमको हातमाकिन हतकडी थिएन?अहिले यीप्रश्न सबैको चासोमा छन् ।
वरिष्ठ अधिवक्ता लभ मैनालीकाअनुसार प्रहरीले आवश्यकताकाआधारमा हतकडी लगाउन सक्छ । कानुनमा यससम्बन्धी स्पष्टकुरा उल्लेख नगरिएपनिकुनै व्यक्तिलाई पक्राउगर्दा हतकडी लगाउँदै आएको अभ्यासकै आधारमाप्रहरीले यसको प्रयोग गरिरहेको छ । तर सन्दीप लामिछानेका हकमाआत्मसमर्पण गर्छु भनेपछि हतकडी लगाउनआवश्यकनभएको उनको भनाइ छ ।
कृष्णबहादुर महरा र अफतावआलमकाहकमा हतकडी नलगाउनु प्रहरीको विभेद् रहेको मैनाली बताउँछन् । सांसद रहेको व्यक्तिलाई संसद नियमावलीअनुसार छुट दिएपनिवानदिएपनिआरोप लागिसकेपछि कानुनकानजरमा सबै बराबर हुने भएकाले हतकडी लगाउन सकिन्थ्यो ।किनकिप्रतिनिधिसभानियमावली २०७५ को २४४ मा यस सम्बन्धीउल्लेख गरिएपनिसांसदलाई हतकडी लगाउनु हुँदैन भन्ने कतै उल्लेख गरेको छैन ।
बरु कुनै पनि कारण सदस्यपक्राउ परेको हकमा संसदलाई जानकारी गराउने र स्वतःनिलम्बनहुने उल्लेख गरिएको छ ।यद्यपीउनीहरु सत्ता र शक्तिमाभएकै कारण आफ्नै गाडी चढेर हातहल्लाउँदै हिरासतमागए तर हतकडी लगाएनन् ।यसमाप्रश्न उठाउन सक्ने ठाउँ रहेको प्रहरीकापूर्वडीआईजी हेमन्तमल्ल बताउँछन् । तर सन्दीप लामिछानेका हकमाप्रहरीले हतकडी लगाउनु गलतनभएको उनको भनाइ छ ।
कुनै पनिआरोपीलाई पक्राउगर्दा उभाग्ने वाकुनै चलखेल गर्न सक्ने सम्भावनाव्याप्तहुने भएकाले कानुनमाउल्लेख नभएपनिप्रहरीले सुरक्षाकालागि हतकडीको प्रयोग गर्न सक्छ ।किनकिकदमकदाचितआरोप भागेको खण्डमा त्यो भन्दा ठूलो प्रश्नप्रहरीमाथि उठ्छ र जवाफपनिदिनुपर्ने हुन्छ ।
यसैकारण प्रहरीले जोखिम नउठाई हतकडीको प्रयोग गर्दै आएको छ । नेपालमामात्रै नभएर हतकडीको प्रयोग विश्वकाअधिकांश देशहरुमाहुने गरेको छ ।तरकुनै दबाबप्रभाववालाव्यक्ति र सामान्यव्यक्तिकाहकमाहतकडीमा पनिविभेद गर्नु कदापीशह्य विषयहोइन ।
प्रतिक्रिया