विदेश

नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका अभियन्तालाई


काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा भएको छ । नोबेल छनोट समितिका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बिआलियात्स्की, रुसको मानव अधिकार सङ्गठन मेमोरियल र युक्रेनको मानव अधिकार सङ्गठन सिभिल लिबर्टिज लाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिका क्षेत्रमा दिइन्छ। १२ महिनामा मानवताको हितका लागि उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई यी पुरस्कारहरू दिइने गरिएको छ। स्वीडेनका व्यापारी तथा डाइनामाइट आविष्कारक अल्फ्रेड नोबेलले उक्त पुरस्कारको सुरुवात गरेका थिए। उनले आफ्नो अधिकांश कमाई अवार्डका लागि कोषमा जम्मा गरेका थिए।

यो पहिलो पटक सन् १९०१ मा दिइएको थियो। सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले थप आर्थिक सहयोग गरेको थियो।