काठमाडौँ — नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)चुनावी तालमेलवारे छलफलमा जुटेका छन । सिट बाँडफाँडमा सहमति नजुटेपछि गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गर्ने अन्तिम कसरतमा शीर्ष नेताहरु छलफलमा छन । जसपाका नेता ल्हाक्पा शेर्पाले सत्ता गठबन्धनदलहरूको दंभ र अहंकारका कारण गठबन्धनबाट बहिनु परेको बताएका छन् ।
सिट बाँडफाँटमा जसपाको राजनीतिक हैसियतलाई नजर अन्दाज गरेर पेल्ने, खुम्च्याउने काम भएकोले यस्तो निर्णय लिइएको उनले बताए । एमालेले प्रस्ताव गरेको सिट संख्या गठबन्धनले गरेको भन्दाबढी रहेकाले जसको कारण सांसदहरू बढी हुने र सदनमा मुद्दा उठानमा बलपुग्ने शेर्पाको दाबी छ ।
उनले समाजिक सञ्जालमा लेखेका छन्– सिट बाँडफाँटमा जसपाको राजनीतिक हैसियतलाई नजरअन्दाजगर्ने, पेल्ने, झन खुम्च्याउने काम चर्तुयाइँपुर्वक भैरहेको छ, यसले हामीलाई दुखि तुल्याएको छ । हाम्रो अस्तित्वको रक्षाका लागि हामी विवसताले एमालेसँग चुनावी तालमेलको अवस्थामा पुग्न पनि सक्छौँ ।
त्यो संभावना बढेर गएको छ । उनी भन्छन्–एमालेसँग चुनावीतालमेल गर्दा तालमेल नभएको जिल्लामा पनि पार्टीको तर्फबाट उम्मेदवार हुन्छन्, तर गठबन्धन गर्दा, गठबन्धन नभएको जिल्लामा पनि हामीले हाम्रो पार्टीको उम्मेदवार उठाउन पाउन्नथ्यौं । जस्को कारण समानुपातिकमा मत कम आउथ्यो, उम्मेदवार नउठेको जिल्लामा पार्टी संगठन झन कम्जोर हुन्थ्यो, हामी यसमा चिन्तित थियौँ ।
अर्कोतर्फ मधेस प्रदेशमा जसपाको राजनीतिक हैसियतलाई एमालेले स्वीकार गरेर आधा सिट दिन तयार भएकोले पनि सहकार्यको ढोका खुलेको उनको भनाइ छ ।
प्रतिक्रिया