Breaking

झिझियाको संरक्षण गर्न प्रतियोगिता आयोजना, गीतमा आधुनिकता समेटिएपछि युवापुस्तबीच लोकप्रिय


काठमाडौँ — मैथिलीभाषामागाइने विभिन्नझिझियागीतले यतिवेला पुरै मिथिलाञ्चलगुन्जयमानभएको छ । झिझिया नृत्यमाअहिले मिथिलाञ्चलकामहिलाहरु झुमिरहेका छन् । नेपालीहरुको महान चाड वडादशैंमा घटस्थापनाको दिनदेखि नै सर्लाहीजिल्लालगायतमिथिलाञ्चल भरिका महिलाहरु मैथिलिभाषाको सुरिलो झिझियागीततथा नृत्यमाझुमिरहेका छन् ।

उनीहरू गीतको माध्यमबाट बोक्सीलाई गालीगर्ने गर्छन। यसरी बोक्सीलाई गालीगर्दा उनीहरुको मारक क्षमतामाकमीआउँने र बालबच्चाको सुरक्षाहुने जनविश्वास रहि आएको छ।दशैको बेला डाइनीहरुले सिकेको जादु मन्त्रको सिद्धिका लागि गाउँघरका जन्मजातबालबालिकालाई कुनै करणीद्वारा मारेर मसानघाटमा लगिपुनः मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्छन।

विजयादशमीको अवसरमा यस्ता घटनामा बृद्धि हुनथालेपछि महिलाहरुले नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवतीदुर्गाको स्तुतिगर्न र गुण प्रहार गर्ने बोक्सीहरुको जादुलाई निस्तेज पार्न झिझियालोक नृत्यको प्रारम्भ गरेको जनश्रुति रहको छ। झिझियाको उद्देश्य समाजमा रहेका खराव पात्रबाटआफ्ना सन्तानको सुरक्षागर्नु रहेको छ।
झिझियामाप्रयोगहुने माटोको घैँटोमा असंख्य प्वालहरु पारिएका हुन्छन ।

त्यस भित्रबलिरहेको दियो राखेर नृत्य गरिन्छ ।सामान्यतःझिझिया नृत्य गर्न एकदमै गाह्रो हुन्छ। घैंटो भने घुमेको घुम्यै हुने भएकाले अलिकतिपनि त्रुटि भयो भने शरीर नै जल्न सक्ने खतरा समेत हुन्छ। टाउकोमा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोमाथि राखिएको घैंटो दायाँबायाँहल्लाइरहने प्रवृत्तिले यसमानिहितविशेष अर्थलाई संकेत गर्दछ।

झिझियाकुनै जातिविशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो । यो लोकनृत्य सर्लाहीजिल्लालगायतमहोत्तरी, सिरहा, धनुषा, बारा, पर्सासहितभारतको मिथिला क्षेत्रमाचर्चित छ । मिथिला क्षेत्रमाझिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास रहेको छ । तर समाज रुपान्तरणसँगै मिथिलाञ्चलकाविभिन्नलोकनृत्यहरु सँगै यो पनि हराउँदै गइरहेको छ।

पछिल्लो केहीवर्षदेखि गाउँघर देखि शहर बजारमा हराउँदै गएको झिझिया नृत्यलाई जिवन्त राख्ने प्रयास भइरहेको छ। विजयादशमीको अवसरमा स्थानीय स्तरमाआयोजनाहुने विशेष पुजातथा मेलामहोत्सवमाझिझिया नृत्य प्रतियोगिताको आयोजनागरि यसको संरक्षण र प्रचारप्रसारको कामभइरहेको छ ।

दशैको समयमा गाउँघरमाझिझिया नृत्यले निरन्तरतापाइरहँदाशहर बजारमा समेत विभिन्नक्लबतथा संघ संस्थाहरुको पहलमाझिझिया नृत्यको आयोजनागरिँदै आएको छ । पछिल्लो समय झिझियाको गीतमाआधुनिकतालाई पनि समेट्न थालिएकोले अहिलेका युवापिंढीमा यस नृत्यको लोकप्रियता बढ्दै गएको छ ।