Breaking

भुइँमान्छेलाई न दशैँ न तिहार, पैसाको अभावमा पिल्सिएको दैनिकी


काठमाडौँ — हिन्दुधर्मवलम्बिहरुको महत्वपूर्ण चाड दशै सुरु भएसँगै उल्लेख्य सर्वसाधरण काठमाडौँ लगायत देशकामुख्यशहरहरुबाट दशै मनाउन गृहजिल्लागईसकेका छन । तर दिनभरीको कमाईले विहान बेलुकाजसोतसो हातमुखजोडिरहेका कतिपय सर्वसाधरणलाई भने दशैँको खासै रौनक छैन ।

खर्चालु पर्वको रुपमालिँदै उनीहरुले दशैँलाई कुनै रौनकतामाबदल्न सकेका छैनन् । सिन्धुपाल्चोककीचन्द्रमाया बस्नेत उमेरले ७० नाघि सकिन्,कपाल सेतै फुलीसक्योे, बुढेयौलीले अनुहार,गालाका छालाहरुचाउरी परिसके । यो बुढौलीउमेरमाहात–खुट्टा,ढाड नदुख्ने कुरै भएन । तर काठमाडौको टन्टलापुर घाममा छाताको साहारा लिएरै भएपनि सडक छेउको यो नाङलो पसलउनको बाध्यताहो । दशै मनाउन धेरै सर्वसाधरण घर गएकाले व्यापार छैन ।

दिनमाएक दुई सयबल्लतल्लकमाई हुन्छ । यहि एक दुई सयकै लागिउनीविहान आठ बजेदेखि बेलुका ६ बजेसम्मयहि ठाउँमा नाङलो पसल गर्छिन । दशै मनाउन रहर छ तर पैसा छैन,उनी बताउँछिन् । मिठो मसिनो खाने रमाईलो गर्ने मुख्यउल्लासको पर्व दशै सबैका लागिदशै हुनकहिल्यै सकेन ।

चन्द्रमाया एक उदाहरण मात्रहो बढ्दो महंगि र काठमाडौको बसाई त्यसमापनिभड्कीलो खर्चको पर्याय दशै जस्ता पर्व धेरैका लागिहर्ष उल्लासको पर्व भएपनिकतिपयलाई भने पिरोल्ने पर्व बनेको छ । दिनभरी कमाएर विहान बेलुकाजसोतसो आफ्नो दैनिकीगुजारीरहेका आम सर्वसाधरणका लागिदशै दशै जस्तो हुन सकेको छैन । सबैलाई चाडवाडले छाए पनिउनीहरुलाई दैनिक पेट पाल्नकै लागि सडकमा आउनबाध्य छन ।

दशै राष्ट्रिय चाड,हर्ष उल्लासको उत्सव,आफ्ना गक्षअनुसार सबैलाई दशैले छुन्छ , सर्वत्र दशैको रौनक छुट्टै छ । नेपालीपहिचानको महत्वपूर्ण विम्बदशै सबैका लागिदशै जस्तो बन्न सकेको छैन । दशैलाई उल्लासमय र सुखप्रदबनाउनमहंगी नियन्त्रण साथै जनजीविकासँग सरकार जोडिन जरुरी छ ।