काठमाडौँ — पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरको लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल गर्न बैठक ३ बजे बस्ने बस्न भएको छ । झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन ।
गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको नाम टुंगो लगाउने बुझिएको छ ।
हालसम्म नेपाली कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४४, नेकपा एकीकृत समाजवादीले १५, जनता समाजवादी पार्टीले १३ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्र पाउने गरी छलफल भइरहेको नेताहरुले बताएका छन ।
प्रतिक्रिया