काठमाडौँ – सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलीय गठबन्धनको बैठक आज पनि बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।
सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बसेको हो । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।
त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन ।
प्रतिक्रिया