गण्डकी प्रदेश

अस्पताल सेवा तीन दिन बन्द


काठमाडौँ जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरङ्ग सेवा बन्द गर्ने भएको हो ।

अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरङ्ग विभाग बन्द हुने जनाएको छ ।अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरङ्ग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरङ्ग सेवा भने सञ्चालन हुनेछ ।साथै डायलासिस र प्रसूति सेवा पनि यथावत् रूपमा नै सञ्चालन गरिने उनले बताए ।

चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दसैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरङ्ग सेवा बन्द गरिने अस्पतालले जनाएको छ ।