काठमाडौँ — दशैं लक्षित सरसामानकिन्नेको बजारमा घुँईचो, नूनदेखि सुनसम्मकापसलमाव्यापारीलाई भ्याई नभ्याई, बैंकदेखि खाद्यन्नपसलहुँदै बसपार्कसम्मदशैंको भीडभाड ।दशैंको मुख्यदिनजतिजतिनजिकिँदै छ, बजारको भीड पनित्यति नै बढ्दै गएको छ । सबैभन्दा बढी किनमेल र कारोबार हुने दशैंको चहलपहलको रौनक हरेक क्षेत्रमा देखिएको छ । सामान्य नेपालीचलनचल्तीको भाषामाभन्ने हो भने अहिले नूनदेखि सुनसम्मकिन्ने पसलमानिकै भीड छ ।
बडादशैं आँगनमै आउँदाअझै पनिदशैं लक्षित सरसामानकिन्नेको बजारमा घुँईचो देख्न सकिन्छ । दशैंअघि कार्यालय लाग्ने अन्तिमदिनशुक्रबार त झन् यो भीड अत्यधिकमात्रामादेखियो । बैंकदेखि खाद्यन्नपसलहुँदै बसपार्कसम्मदशैंको भीडभाड थेगिनसक्नु छ ।
शनिबारदेखि औपचारिक रुपमा नै दशैंको सार्वजिनकविदा शुरु हुँदै छ । त्यसैले कामको शिलशिलामा राजधानी बस्नेहरु प्रायशुक्रबार नै पूख्र्यौली घर फर्केका छन् । दशैंमा ठूलाबडाको आर्शिवादथाप्न घर फर्कन लागेकाहरु अघिल्लो दिन देखि नै टिकटका लागिताकेतागरिरहेका छन् । तर, पनिउनीहरुले टिकट भने पाउन सकेका छैनन् । बसपार्कमायति भीड छ कि पुग्नु पर्ने गन्तव्यको टिकट नपाउँदा, नागरिकहरु त्यसकै निटक ठाउँको टिकट काटिरहेका छन् ।
दशैं अघि कार्यालय खुल्ने अन्तिमदिनशुक्रबार । त्यसमाथिपनि एक बजेसम्ममात्रै खुलाहुने । त्यसैले पनिहोला बैंकमा सर्वसाधाणको भीड उल्लेख्य थियो । मानिसहरु पैसा साट्न लाइनमा धैर्य गरेर बसिरहेका थिए । बैंककाकर्मचारीदेखि ग्राहकहरु सबै चटारोमाभएको महशुस हुन्थ्यो । यद्यपिउनीहरु मध्ये नै कोहीले दशैंको समयमा यस्तो हुनु स्वभाविक ठाने भने कोहीभने कोहीले व्यवस्थापनको कमजोरी देखाए ।
दशैं भन्नासाथ मीठो खाने र राम्रो लगाउने परम्पराले नै होलायसले खास महत्व र बेग्लै आनन्द दिन्छ । त्यसैले पनिखाद्यन्न र लत्ताकपडा पसलमा भीड कमहुने संकेत देखिदैँन । महंगीकाबाबजूदपनिबजारमा सर्वसाधारणहरुको उपस्थितिले दशैंको रौनक छरेको छ ।
दशैंमा सबै नेपालीहरुको भान्सामाआफ्नो आर्थिक स्तरअनुसार परिकार पाक्ने गर्छ । संस्कृति र परम्पराको जगेर्ना गर्नु पनि राम्रै हो । तर, दशैंको भान्सावर्षेनीअरू बेलाभन्दामहगिँदै गएको छ । बजारमाजति भीड बढ्दै गएको छ बजार मूल्यपनिउति नै बढ्दै गएको छ ।


प्रतिक्रिया