Breaking

आज विश्व मुटु दिवस, मुटु रोगबाट बच्ने उपाय


काठमाडौँ — आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिख, २९ सेप्टेम्बरकै दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संसारका प्रायस् सबै मुलुकमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ । यसको मुख्य उद्देश्य मुटु रोगसम्बन्धी चेतना अभिवृद्धि गराउनुका साथै मुटु रोगका समस्या न्यूनीकरण गर्नु नै हो ।

नेपालमा पनि मुटुरोगका बिरामी अत्याधिक बढदै गएका कारण बिभिन्न चेतनामुलक कार्यक्रम गरी मुटुदिवस मनाइने गरिन्छ ।

नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ ।

२० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने चिकित्सकको भनाइ छ ।