Breaking

सत्यमोहन जोशीलाई डेंगी र पिसाब संक्रमण


काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएछि शुक्रबार उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको हो ।

जोशीलाई डेंगी देखिएको छ । पिसाबमा संक्रमण र छाती तथा मुटुको पुरानो समस्या पनि देखिएको अस्पतालले जनाएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जोशीको उपचारमा कुनै कमी हुन नदिने बताए थिए ।

शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताएका थिए । भेटका क्रममा जोशीले स्वास्थ्य लाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको बताएका थिए ।