Breaking

वीर अस्पताल जाँदै बालेन्द्रको डोजर, टहरा भत्काइँदै


काठमाडौँ — वीर अस्पताल अगाडी बनेका अवैध संरचनाहर काठमाडौँ महानगरपालिकाले आज भत्काउने भएको छ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अवैध रुपमा बनेका वीर अस्पताल अगाडीका टहराहरु आज भत्काउन लागिएको हो ।

दिउँसो १ बजे वीर अस्पताल अगाडी फार्मेसीहरु संचालन भएका टहराहरु भत्काउन लागिएको पाण्डेले जानकारी दिए । बुधबार त्यहाँको टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिइएको थियो । सोही अनुसार बिहीबार दिउँसो १ बजे डोजर लिएर त्यहाँ जान लागिएको बताए।