काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।
संसदका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाइएको विधेयक प्रमाणीकरण नभएपछि भट्टराईको यस्तो धारणा आएको हो ।
भट्टराईले दुवै सदनबाट २/२ पटक पारित गरेर विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवि भण्डारीले आलटाल गरेको, प्रधानन्यायाधीश महाभियोगमा परेको र दलहरु नै आसेपासे पोस्न बैंक ब्याजदर बढाउन लाग्नु गम्भीर भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ । राष्ट्रपतिले संसदबाट २/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु,,दलहरू आसेपासे पोस्न लाग्नु,बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन् ! सबै जिम्मेवार बनौं ।’
प्रतिक्रिया