वागमती

औषधि व्यवस्था विभागले माग्यो करारमा कमर्चारी


काठमाडौँ — औषधि व्यवस्था विभागले करारमा कमर्चारी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

औषधि व्यवस्था विभाग, विजुलीवजार काठमाडौँका लागि योग्यता पुगेका प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिनसक्ने विभागले जनाएको छ ।

मार्फेसी अधिकृत र फार्मेसी सुपरभाइजर पदमा आजबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।

अधिकृत स्तरको पदको लागि २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको र सहायकस्तर पदको लागि १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।