Breaking

शेर्पा पर्यटन व्यवसायी संघको दोस्रो अधिवेशन असोज ८ मा

अध्यक्षमा ६ जना आकांक्षी


काठमाडौँ — शेर्पा पर्यटन व्यवसायी संघले दोस्रो अधिवेशन आगामी असोज ८ गते गर्ने भएको छ ।

काठमाडौँमा हुने दोस्रो अधिवेशनको तयारीमा रहेको संघका महासचिव आङ पेम्बा शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।
संघ पर्यटन क्षेत्रमा आवद्ध आदिवासी जनजाती शेर्पा पर्यटन व्यवसायीहरुको साझा संगठन हो । सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा रहेको वर्तमान कार्य समितिको समय पूरा भएको दोस्रो अधिवेशन गर्न लागिएको महासचिव शेर्पाले बताउनुभयो ।

कोभिडको कारण पर्यटन क्षेत्रमा केन्द्रित भएर गतिविधि गर्न नसकेको संघका पदाधिकारीहरू बताउँछन् । दोस्रो अधिवेशनबाट फुरी गेल्जेन शेर्पा,वाङचु शेर्पा,माया शेर्पा,आङ पेम्बा शेर्पा,संगम शेर्पा अध्यक्षको आकांक्षी हुनुहुन्छ ।

संघ अन्र्तगत करिब तीन सय सदस्य कम्पनीरहेका छन ।कोभिड महामारीका कारण दुई वर्षदेखि पर्यटन व्यवसाय सबैभन्दा बढी मारमा परेकोले व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशेष राहत कार्यक्रम ल्याउनुपर्ने माग संघको छ ।