Breaking

प्रदेश १ को नामकरण अब नयाँ प्रदेशसभाले टुंग्याउँछः ईन्द्रबहादुर आङ्बो


काठमाडौँ — प्रदेश १ सरकारले प्रदेशको नामकरण टुंगिन नसक्नुमा सबै दलको कमजोरी रहेको बताएको छ । ५ वर्षे कार्यकालको प्रदेशसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै सरकारले यस्तो बताएको हो । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले नामाकरणको विषय अब नयाँ संसदमा गएको बताए ।अहिलेको अवस्थामा कुनै पनि दलहरूले तितोमिठो जस-अपजस लिन नखोजेकोले नामको टुंगो नलागेको उनले बताए ।