देश

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या


काठमाडौँ — झापामा श्रीमानले छुरा प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्तालाई छातिमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।

स्थानीयका अनुसार मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेका हुन्। छुरा प्रहार गरी फरार भएका नाइके हस्तालाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।