Breaking

हर्कले गरे अवैध संरचना भत्काउने बालेनको अभियानको विरोध


काठमाडौँ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकामा अनधिकृत संरचना भत्काउने अभियानको आलोचना गरेका छन् ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले बुधबार मात्र डोजर लगाएर काठमाडौँ मल र आरबी कम्प्लेक्स अगाडि बनाइएका अनधिकृत संरचना भत्काएका छन् । तर वैकल्पिक व्यवस्था नगरी त्यसरी विस्थापन गर्न नहुने तर्क साम्पाङले गरेका छन् ।

सन्दर्भ नखुलाई उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ ।’

धरानको मेयर साम्पाङले केही दिनयता आफूजस्तै​ स्वतन्त्रबाटै काठमाडौं महानगरको मेयर बनेका शाहको आलोचना गरिरहेका छन् ।