Breaking

मन्त्री हेरफेर गर्ने उपेन्द्र यादव पक्षको तयारी


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ ।

असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री हरफेरको तयारी गरेको हो ।

अध्यक्ष यादवले सोमबार साँझ कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफल बोलाएका थिए । त्यो भेलामा ३४ मध्ये २० जना उपस्थित थिए । बैठकमा नेताहरुबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो ।

स्रोतका अनुसार कृषिमन्त्री महेन्द्र राय यादव भने हट्ने पक्का छ । डा. भट्टराई पक्षमा लागेका उनी संस्थापन पक्षले बोलाएका बैठकहरुमा अनुपस्थित रहँदै आएका छन् । सोमबार साँझ पनि उनी छलफलमा गएका थिएनन् ।

अरुलाई पनि फिर्ता बोलाएर नयाँ टिम पठाउने÷नपठाउनेबारे आगामी कार्यकारिणाी समितिले निर्णय गर्ने बताइएको छ । एक सदस्यका अनुसार सम्भवत २५ असारमा बैठक बस्नेछ ।