Breaking

युवतीको कामुक अनुहारमा फसे फूर्वा, झुक्याएर चौथो श्रीमान् बनाए (भिडियोसहित)


कठमाडौँ — रौतहट घर भएका ३५ वर्षीय फुर्वा मोक्तान मलेसियामा रेष्टुरेन्ट चलाउथे, उनि मलेसियामै भएको बेला एक दिन उनको म्यासेन्जरमा डाइरेक्ट म्यासेज आउछ ।

हेलो भनेर, म्यासेज हेरेका फुर्वाले त्यसको जवाफ आफ्नै भाषामा फर्काउछन्, लासो, फ्याफुल्ला नमस्कार हजुर भनेर । त्यति लेखेका फुर्वाले फेरि थप्छन् । के सेवा गर्न सक्छु भनेर । त्यसपछि उताबाट जवाफ आउछ, हैन यतिकै तपाईको समाजसेवा बाट प्रभावित छु साथी वन्न सक्छु भनेर ।

यसअघिनै केटीले आफु पनि तामाङ भएको जानकारी गराइसकेकी हुन्छिन् । कुराको सिलसिला थोरै अगाडि बढ्छ । केटीको म्यासेज पछि फुर्वाले तामाङ भाषामा लेखेर पठाउछन् तर उता बाट नेपालीभाषा प्रयोग भएपछि फुर्वाले सोध्छन् तिमी त तामाङ हैन रहछौ । फुर्वाको कुरा सकिन नपाउदै केटीले जवाफ फर्काइहालिन्छन् नभए मेरो फेसबुकको प्रोफाइल चेक गर्नुन । उताबाट यति कुरा भएपछि फुर्वाले फेसबुकमा सर्च गर्छन् भेट्दैनन् र भन्छन हामी त साथीनै रहेनछौ लगतै केटीले फ्रेण्ड रिक्वेष्ट पठाउछिन् ।

फ्रेण्ड रिक्वसट एसेप्ट गरेर फुर्वाले केटीको प्रोफाइल हेर्न थाल्नछन्. । उमेरले २५/२६ वर्षकी देखिने युवतीको रुप र यौवन देखेर फुर्वा लठ्ठ पर्छन् । राम्री केटी देखेका फुर्वाले मौका छोप्दै कुरा छेड्छन् म पनि विहे गर्ने उमेरको भाको छु धेरै नजिस्क है तिमी कसकी श्रीमती, बुहारी हौ भन्छन् । केटीको विषयमा घुमाउरो शैलिमा बुझ्न खोजेका फुरुवाका लागि पनि ढुङगा खोज्दा देउता मिल्यो भनेजस्तै केटीले आफु अविवाहित भएको बताउछिन् । त्यतिकैमा उनले थप्छिन् आफु पनि राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यवशाय गरिरहेको भन्छिन् ।

यति भएपछि अव सुरु हुन्छ फुर्वाको जिन्दगीको प्रेम कहानी । यो क्रम निरन्तर चलिरहन्छ । सामाजिक सञ्जाल मार्फक उनिहरु दिनरात कुरा गर्न थाल्छन् । फोन र म्यासेजकै भरमा दुई अपरिचित युवा युवतीको प्रेम झाँगिदै जान्छ । माया प्रेममा डुवुल्की मार्दै गरेका यी जोडिबीचको संवादमा नभेटिकनै फुर्वाले बच्चा जन्माउने सम्मको योजना सुनाउछन् । फुर्वाको योजना मुताविक हुन्छ भन्दै अगाडि बढेकी युवतीले फुर्वालाई विहेको प्रस्ताव राख्छिन् ।

युवतीको प्रस्ताव स्विकारेका उनले कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने भन्छन् । कुण्डलीको कुरा आएपछि फिल्मी शैलीमा फुर्वाको जिन्दगीमा चक्रव्युह रचेर जाल हान्दै गरेकी युवतीले फुर्वासँग विहेको लागि नमिलेकै जन्मकुण्ड पनि मिलाइदिन्छीन् । घटना २०२१ जनवरीको हो । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा आइपुग्दा प्रेमसँगै विवाहमा आइपुग्छ । विहेगर्न राजी भएपछि उनिहरु दुवै जना नेपाल आउने तयारी हुन्छ यही बीचमा युवतीले आफ्नो समस्या सुनाउछिन् । आफुलाई ढाडमा समस्या भएर काम नगरेको तर व्यवशाय भाईहरुले समालिरहेको भनेर । उनले आफुले काम नगरेकाले अहिले धेरै पैसा नभएकाले आउन समस्या रहेको जानकारी गराउछिन् ।

यही संम्वादका बीच मलेसियामा राम्रो व्यववाशाय गरिरहेका फुर्वाले उनलाई जापानबाट नेपाल ल्याउनका लागि पहिलो पटक ८ रुपैया उनको आमाको नाममा पठाइदिए । पैसा पठाएर फुर्वाले प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विवाह गर्न अनुरोध गरे । हुन्छ भनेकी उनि त्यस दिन टिकट नपाएको बहानामा नेपाल आईनन् तर फुर्वा भने १३ तारिखमै नेपाल आइसकेका थिए ।

फेब्रुअरी १९ तारिखमा नेपाल झरेकी उनलाई भेट्न एयरपोर्ट पुगेका फुर्वाले पहिलोभेटमा एयरपोटमै साढे ४ तोलाको सिक्री लगाईदिए । आफ्नो जीवनसाथी सम्झिएर एयरपोटमै साढे चार तोलाको सिक्रिले स्वागत गरेका फुर्वा र ती युवती बीच २०७७ साल फागुन ७ गते विवाह भयो ।

विवाहका लागि फुर्वाले दुलही, उनकी आमा र दिदीको लागि झण्डै २५ तोला सुन, किने अन्य खर्चको लागि भन्दै उनले थप १५ लाख खर्च गरे ।

विवाह गरेर भित्रिएको तीन दिन पछि माइतीमा समस्या आयो भनेर माइत गएकी उनि एकाएक फोन स्विच अफ गरेर सम्पर्क विहीन भईन् । श्रीमती सम्पर्कमा नभएपछि छटपटिएका फुर्वा के भयो भन्दै खोजीमा लागे । तर अहिले बुझ्दै जाँदा उनि यो बीचको तीन दिनको समयमा अर्को श्रीमानसँग डिभोर्स गर्न गएको फुर्वा दाबी गर्छन् ।