Breaking

आजको मौसम : देशका धेरै स्थानमा वर्षाको सम्भावना


काठमाडौँ — मंगलबार ६ः३० बजे राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार यतिबेला गण्डकी लुम्बिनी प्रदेशका केही स्थान, बागमती प्रदेशको पहाडी भेगमा, प्रदेश १ को दक्षिणी क्षेत्रमा वर्षा भइरहेको छ । मधेस प्रदेशमा भने कमै वर्षा भइरहेको उनले बताइन् ।

‘काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

बुलेटिनअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।