Breaking

भृकुटीमण्डपको शैक्षिक मेलामा विद्यार्थीहरुको भीड, कलेज छान्न सहयोग मिलेको प्रतिक्रिया जुर्मुरायो शैक्षिक क्षेत्र


काठमाडौँ — यतिबेला १० कक्षाको परिक्षा दिएर बसेको विद्यार्थीहरुको लागि काठमाडौको भुकुटिमण्डपमा शैक्षिक मेला सञ्चालन भइरहेको छ । मेलामा अभिभावकदेखि विद्यार्थीहरुले विभिन्न कलेजहरुले दिने सेवा सुविधा र गुणस्तरबारे जानकारी लिइरहेका छन् । नेपालको शिक्षालाई कक्षा १० अर्थात एसइइलाई आइरन गेट पनि भन्ने गरिन्छ । एसइइपछिको पढाइले विद्यार्थीको भविस्य कस्तो बनाउने भन्ने कुराको निधारण गर्दछ । यतिबेला देशमै उत्कृष्ट शिक्षा दिने उद्देश्यका साथ माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को सातौं संस्करणको शैक्षिक मेला शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डप सुरु भएको छ ।


शैक्षिक मेला ५ दिनसम्म चल्नेछ । मुख्यतय कक्षा १० र १२ को नतिजा पर्खिरहेका विद्यार्थीहरूलाई लक्षित गरेर कलेज रोज्न सहज बनाउने उद्देश्यले यो मेला आयोजना गरिएको हो । त्रिभुवन युनिभर्सिटीसहित विभिन्न विश्वविद्यालयसँग आबद्ध ७५ शैक्षिक संस्थाहरु मेलामा सहभागी भएका छन् ।कलेजहरुले मेलमा आफ्नो कलेजले दिने सेवा सुविधा र गुणस्तरको बारेमा अभिभावक र विद्यार्थीहरुलाई परामर्श दिइरहेका छन् । मुख्तय एसइइ सकाएर बसेको विद्यार्थीहरुलाईशिक्षा मेलाले देशभित्र रहेका दलित बिपिन्न परिवार तथा आर्थिक अवस्था कमजोर भएकोलाई पहिलो प्राथमिकता दिने भनिएको छ । बिभिन्न कलेजहरु आर्कषक छात्रवृत्ति र गुणस्तर शिक्षा दिने भन्दै मेलामा आएकालाई प्रभावित पारिरहेको देखिन्थे ।

विद्यार्थीले यस्ता मेलाबाट उत्कृष्ट शैक्षिक संस्था छान्न सहज हुने हिसानको विश्वास रहेको छ । कक्षा १० पास भएपछि सवैको उच्चशिक्षा राम्रो सँग पढौ भन्नेहरुको लागि यो शिक्षामेला फलदायी हुनेछ । यस्ता मेलाहरु के पढौ भन्ने नयाँ विद्यार्थीेहरुको लागि परामर्श दिनेउपयुक्त गन्तव्य बन्दैछन् । यहाँ आएपछि कुन विषय पढ्ने भनेर दोधारमा भएकोहरु निष्कर्षमा पुग्ने गरेको पाइन्छ । कोरोना कालमा सुस्ताएका शैषिक संस्थाहरु पनि यतिवेला नयाँ नयाँ योजनाको साथ जुर्मुराएका छन् । शैषिक मेलाहरुमा पनि विद्यार्थीहरुको सहभागीता उत्साहजनक देखिएको छ । आगामी दिनमा कुन कलेज पढ्ने भन्ने जानकारी नभएकाहरुको लागि पनि यस्ता मेलाहरु फलदायी देखिएका छन् ।