Breaking

सरकारका नयाँमन्त्री बोनसदेखि बढुवासम्म, इमान्दारिताको खाडल भर्ने दावी


काठमाडौँ — सोमबार सरकारका नयाँमन्त्रीहरुले सपथग्रहण गरेका छन ।नामसिफारिस भएको २२ दिनपछि एकीकृत समाजवादीबाट नियुक्तभएका ४ मन्त्री र १ राज्यमन्त्रीलेआजै पदभार ग्रहण गरेका छन ।सो क्रममानयाँमन्त्रीहरुले आफ्नो क्षमता र योग्यताअनुसार कामगर्नेबताएका छन । नेकपा एकिकृत समाजवादीले लामो रस्साकस्सापछि मन्त्री फेरबदलको निर्णय कार्यन्वयनगर्न सफलभएको छ ।

पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक दल नेकपाएसको सिफारिसका आधारमा सरकारले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै मन्त्रीसिफारिस भएको २२ दिपछि सोमवार नवनियुतmमन्त्रीहरुले सपथ तथा पदभार ग्रहण गरेका छन । नेकपाएसले प्रेमबहादुर आले,रामकुमारी झाँक्री कृष्णकुमार,श्रेष्ठ विरोध खतिवडालाई फिर्ता बोलाउँदै संस्कृतिपर्यटन तथानागरिक उड्डयन मन्त्री माजीवन रामश्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी,श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर ,स्वास्थ्यतथा जनसंख्यामन्त्री भवानीखापुङ र स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र के.सीलाई नियुतm गरेका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीकुँवर पार्टीका प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिमप्रदेश संगठन विभागप्रमुखएवं केन्द्रीय संगठन विभाग सदस्यहुन् । नवनियुक्तशहरी विकास मन्त्री मेटमणि चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउनआवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर कामगर्नुपर्ने बताएका छन । मन्त्रीचौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने र नेताहरुले नीतिबनाउँदाआफू सुरक्षितहुने किसिमबाट नीतिनिर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेलाभएको बताए ।

त्यस्तै नवनियुक्त संस्कृतिपर्यटन तथानागरिक उड्डयन मन्त्रीजीवनरामश्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयंभू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन । नयाँक्याविनेटमा परेका सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र के.सी एउटै जिल्लाका परेका छन । पोलिब्यूरो सदस्यतथालुम्बिनीप्रदेश अध्यक्षचौधरी र केन्द्रीय सदस्य केसी दाङ जिल्लाकाहुन् । स्वास्थ्य राज्यमन्त्रीभवानीखापुङ स्वास्थ्यतथा जनसंख्यामन्त्रीमा बढुवा भएकाहुन् ।