विदेश

पुटिनको नाङ्गो छातीको चर्चा, शीर्ष नेताले उडाए मजाक


काठमाडौँ — जी सेभेन देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा रुसको आक्रमण, त्यसको बहुआयामिक प्रभाव र युक्रेनको अवस्थाबारे छलफल गरेका थिए । यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘माचो इमेज’ पनि बैठक सुरु हुनुअघि नै छलफल भएको थियो ।

आइतबार जी–सेभेन देशको बैठक सुरु हुँदा सबै नेता गोलमेचमा बसेका थिए । अन्तिममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो कुुर्सीमा बसे । कुर्सीमा बस्दै गर्दा जोनसनले साथी नेताहरूलाई ठट्टा गर्दै सोधे, ‘ज्याकेट लगाउने कि फुकाल्ने हामीले लुगा फुकाल्नु पर्छ र

यतिबेला यहाँ थुप्रै पत्रकार तथा फोटोग्राफर पनि थिए । पत्रकारतर्फ इशारा गर्दै जोनसनले भने, ‘हामी सबैले उहाँहरुलाई यो देखाउनु पर्छ कि हामी पुटिनभन्दा बढी बलिया टफ छौँ । जोनसनको कुरालाई अघि बढाउँदै क्यानेडेली नेता जस्टिन ट्रुडोले भने, ‘छाती देखाउँदै घोडा सवारी गर्दै यसमा युरोपेली आयोगका अध्यक्षले भने, ‘ हो त नि घोडा सवारी सबैभन्दा राम्रो होला ।’

समाचार एजेन्सी रोयटर्सले यो घटनाको भिडियो सार्वजनिक गरेको छ । रुसका राष्ट्रपतिका यस्ता धेरै तस्बिर सार्वजनिक छन्, जसमा उनी कहिले सर्ट नलगाई ९शर्टलेस०, कहिले घोडामा चढेको त कहिले माछा मारेको देख्न सकिन्छ । क्रेमलिन बाहिर सुट९बुट बाहिर उनको ‘माचो इमेज’ को धेरै तस्बिरहरू सार्वजनिक हुने गरेका छन् ।

शिखर सम्मेलनको पहिलो दिन जी सेभेन सदस्य राष्ट्रका नेताहरूले रुसलाई कसरी अलग्याउने भन्ने विषयमा विस्तृत छलफल गरेका थिए । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । एजेन्सी