Breaking

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने


काठमाडौँ — एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण सोमबार बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत समाजवादीका पाँच मन्त्री नियुक्त गरेकी थिइन् । एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

उनीहरूलाई आज राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराउन लागेकी हुन् । स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई भने प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको सपथ गराउने छन् ।​

एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले सोहीअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।