Breaking

दौरा सुरुवाल लगाएको २२ दिनपछि मन्त्रीको शपथ (भिडियोसहित)

????????? ???????????? ?????? ??????????????? ????????????????????? ????????????????????? ??????????????? ?

योहो संवाददाता

काठमाडौँ – एमालेबाट विभाजित हुँदै गर्दा माधवकुमार नेपालको रहर थियो, ‘आफ्नो छुट्टै एउटा पार्टी होस्, जहाँ आफ्नो भन्दा अरुको हस्तक्षेप चल्दै नचलोस् ।’

किनकि एमालेमा रहँदा ओलीको पेलानले पिसिएको घाउहरु अहिले पनि पाइलापाइलामा चिर्किरहेका छन् । तर ‘अभागी खप्पर, जता गयो ठक्कर’ भने जस्तो, अहिले आफैले बनाएको पार्टीमा समेत माधव नेपाल आफ्नैखटन चलाउन सकिरहेका छैनन् ।

गठबन्धनको सरकार बन्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा मन्त्री बन्नेहरुको लाइन नै थियो । नेताहरुले बनाए मन्त्री नबनाएर पार्टी छोड्ने धम्की दिएपछि ६ महिनामा फेरबदल गर्ने सहमति भयो ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागि भएका दुई मन्त्रीले राजीनमा दिएका छन् । पर्यटनमन्त्री प्रेम आले र शहरीविकासमन्त्री रामकुमारी झाँक्रीले लामो रस्साकस्सीपछि पार्टीको चाहनाअनुसार पद छोडेका हुन् ।

रामकुमारी झाँक्रीको यो रोदन सत्ताको सान सौकतले निम्त्याएको हो । करिब नौं महिना लामो सरकार यात्राबाट बाहिरिनु परेपछि झाँक्रीका आँखाबाट बलिन्द्रा आँशुका धारा बगे । झाँक्री धरधरी रुँदा आफुलाई एक्सन मन्त्री भएको बताउने प्रेम आलेले आफ्नो कामको मूल्यांकन गर्दै ९० अंक दिएर विदा भए ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका दुई चर्चित पात्र हुन्, रामकुमारी झाँक्री र प्रेम आले । पार्टीले सरकारबाट फिर्ता बोलाउँदा पनि पद जोगाउन अन्तिमसम्मजोडजुलम चलाएका उनीहरु अन्ततः हारथाक खाएर राजीनामा दिन बाध्य बने ।

गत जेठ २४ गते नै पार्टी सचिवालयको बैठकले सरकारमा सहभागि चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर पार्टी निर्णयविरुद्ध गएर आफ्नै भनसुनमार्फत पद जोगाउन खोजेका उनीहरु अन्तिममापदबाट हात धुन बाध्य बने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा रहेका प्रेम आलेले राजीनामा दिएको सार्वजनिक गरेपछि शहरी विकासमन्त्रीको जिम्मेवारीमा रहेकी झाँक्रीले समेत राजीनामा दिएकी हुन् ।