Breaking

पोखराको सुइँखेत डुबानमा


काठमाडौँ – शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।

पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए ।

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् ।