Breaking

गाँजा खेती गरे विदेशी पैसा बुझाउन नेपालमै आउँछन्: शेरबहादुर तामाङ


काठमाडौँ — नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा विधेयक अघि बढाउन माग गरेका छन् । बिहीबार विशेष समयमा सांसद तामाङले आफूले दर्ता गरेको विधेयक दुई वर्ष पाँच महिनादेखि सदनम अलपत्र परेकाले त्यसलाई तत्काल अघि बढाउन माग गरेका हुन् । उनले संसदको नियमअनुसार निजी विधेयकका रूपमा गाँजा खेतीलाई खुला गर्ने विधेयक ल्याएपनि अघि नबढ्दा आफ्नो अधिकार हनन् भएको गुनासो गरे ।

‘संसदमा हामी सांसदले उठाएका कुरा कति कार्यान्वय हुन्छरु दुई वर्ष पाँच महिना बितिसक्यो मैले गाँजा खुला गर्न विधेयक ल्याएको, उनले भने, ‘मेरो अधिकार हनन् भो कि भएनरु म भन्न कहाँ जाऔँरु जनता पीडामा छन्, अभावमा छन्। स्रोत साधनको कमी छ । विदेशमा काम गर्न जान्छन् । उनले बिहीबार पनि गाँजा खेतीको फाइदाबारे संसदमा बहस गरे । कमजोर अर्थतन्त्र रहेको नेपालको विकासका लागि गाँजा खेती एउटा स्रोत हुने उनको दाबी छ ।

सांसद तामाङले भने, ‘गाँजा खेतीबाट रोजगारीको सिर्जना हुन्छ। विदेशमा पैसा लिन जानु पर्दैन, विदेश बुझाउन आउँछन् । हामीसँग भएको स्रोत साधनको प्रयोग गर्न नपाउने साढे दुई वर्षअघि सदनमा दर्ता गरेको विधेयक छलफलमा ल्याउन माग गरे । ‘गाँजा खेतीका लागि बनेको विधेयक छलफलमा ल्याउन आग्रह गर्दछु । विदेशमा अत्याधिक माग छ । नेपालमा बाँझो रहेको जमिनलाई खेतियोग्य बनाउनका लागि गाँजा खेती गरौँ’, उनले भने ।