काठमाडौँ — रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उनका सहोदर दाई सञ्चारकर्मी हरिशरण लामिछाने असन्तुष्ट देखिएका छन् । पार्टी र राजनीतिक यात्रा घोषणाको क्रममा घोषणाप्रति हरिशरणले विशेष असन्तुष्ट देखिएका हुन् । उनले पार्टीमा परिवारवाद हटाउने घोषणा राम्रो भए पनि आफूलाई रोचक लागेको भन्दै टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणापश्चात सामाजिक सञ्जालमा लेख्दै हरिकृष्णले पार्टीमा आवद्ध हुने सदस्यले अर्को सदस्यसँग नाताप्रमाणित गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन् । साथै आफू परिवारको नाताको हिसाबले उक्त पार्टीमा कहिल्यै आवद्ध नहुने र राजनीतिक हिसावले उक्त पार्टीमा कहिल्यै नरहने उनले घोषणा गरेका छन् ।
उनले भनेका छन्, ‘नया पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला ।
पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है । दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु उनले भने ।


प्रतिक्रिया