Breaking

देउवा ओली र प्रचन्डसँग चुनाब लड्न डराएको छैन : रवि लामिछाने

योहो संवाददाता

काठमाडौं — सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका स—साना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरीकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए । आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।