Breaking

प्रतिपक्षीसँग नबोली, वार्ता नगरी चल्छ भने चलाइरहनू : अध्यक्ष ओली

योहो संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४६ सालको राजनीतिक आन्दोलनयता पहिलो पटक देशमा गहिरो संवादहीनताको अवस्था रहेको बताएका छन् ।

वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिलाबारे पूर्व राजदूत समूहले मंगलबार गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यस्तो भनेका हुन् ।

‘यो (शेरबहादुर देउवा नेतृत्वको) सरकार बनेयता कुनै संवाद नै छैन । राष्ट्रिय मुद्दामा पनि सरकार छलफल गर्दैनु, उनले भने, ‘२०४६ सालयता पहिलो पटक संवादहीनताको अवस्था छ ।’ उनले यसअघि प्रधानमन्त्री विदेश जानुअघि प्रतिपक्षीसँग परामर्श हुने गरेकोमा अहिले त्यो पनि बन्द भएको गुनासो गरे ।

‘प्रतिपक्षी एउटा वैकल्पिक सरकार हो । सरकारमा जान तयार शक्ति हो भनेर विदेश जानुअघि परामर्श गरिनुपर्थ्यो, विज्ञहरुसँग पनि छलफल हुनुपर्थ्योु, उनले भने, ‘पहिले त विज्ञसँग पनि परामर्श हुन्थ्यो। अहिले त्यो पनि हुन छाडेको छ ।’

ओलीले प्रधानमन्त्री देउवातिर लक्षित गर्दै प्रतिपक्षीसँग संवाद नगरी अघि बढिरहेको आरोप लगाए।

‘प्रतिपक्षीसँग वार्ता नगरी चलाउने भए चलाउनुु, ओलीले देउवातिर लक्षित गर्दै भने, ‘सरकार डेमोक्रेसीको रुलअनुसार चल्नुपर्छ। हामीले प्रतिनिधिसभामा बोल्दा पनि यही भनेका थियौँ।’