Breaking

रवि लामिछानेले उम्मेदवारी दिने भनेको क्षेत्रमा आफ्नै दाजु हरिशरणको उम्मेदवारी घोषणा, अब के गर्लान रवि ?

योहो संवाददाता

काठमाडौँ — काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरिरहेका पूर्व सञ्चारकर्मी रवि लामिछाने अप्ठयारोमा परेका छन् । आफ्नै दाजुले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी घोषणा गरेपछि रवि अप्ठयारोमा परेका हुन् । दशकौंदेखि सक्रिय सञ्चारकर्ममा रहेका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । दाजुको उम्मेदवारी घोषणापछि रविले चुनावी क्षेत्र परिवर्तन गर्ने सम्भावना रहेको बुझिएको छ । यदि रविले पनि ३ नं क्षेत्रबाटै चुनाव उठ्ने घोषणा गरे भने दाजुभाईबीच प्रतिष्पर्धा हुनेछ ।

रवि लामिछानेका दाजु हरिशरणले स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण अभियानको घोषणा गरेका छन् । देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवार्चन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु, हरिशरणले घोषणा गरेका छन, सम्भवतः काठमाडौं– १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ । काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् ।

काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्ने बताईएको छ । हरिशरणले भनेका छन्, उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ । यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवतः मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।