Breaking

देउवा सरकार असफल

योहो संवाददाता

काठमाडौँ — देशमा यतिवेला अमेरिकी सैन्यसम्झौता स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषय र अर्थमन्त्रीले बजेट बनाउन खेताला लगाएको विषय चर्चामा छ । एपीपीका विषयमा सदनमा कुरा उठ्दा यसको जवाफ प्रधानमन्त्रीबाट आउनुपर्ने सांसदहरुले माग गरिरहेका छन । सेना समेत यसको विवादमा मुछिदाँ देउवा अमेरिका भ्रमणको तयारी गरिहेका छन । अर्थमन्त्री जनार्दशन शर्माको राजिनामाको विषय पनि चर्को बनेको छ ।

अर्कातर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेर र मुख छाडेर पुन विवादमा आएका छन । यता नेकपा एकीकृत समाजवादीका चार जना नेता मन्त्रीमा नाम सिफारिस भएर सपथ कहिले होला त भनेर आशामा बसेका छन । यता कांग्रेसभित्रको हालत पनि उस्तै छ । तर देउवा कहाँ गईरहेका छन । के गर्दै छन थाहा पाउनै गाह्रो छ ।

ठ्याक्कै चलनचल्तीमा भाषामा भन्दा प्रधानमन्त्रीलाई केहि कुराको पनि वाल मतलव छैन । प्रधानमन्त्रीले चाहेको अवस्थामा समय लिएरै भएपनि राष्ट्रिय महत्वको विषयमा सम्बोधन गर्ने चलन छ । प्रधानमन्त्रीले नचाहँदा पनि सभामुखले रुलिङ गर्नुपर्छ । तर प्रधानमन्त्री देउवा संसदमा उठेका प्रश्नको जवाफ दिनबाट भागिरहेका छन् । सदनदेखि सडकसम्म भने कम्युनिष्टहरुकै बाझाबाझ चलिरहेको छ ।

देश पशुपतीनाथले चलाईरहेका छन । यो परिस्थिीतीमा किन प्रधानमन्त्री र देशको चाल मिलिरहेको छैन ? के गर्दैछन प्रधानमन्त्री ? प्रधानमन्त्रीको अक्षमता र देशले भोगिरहेको दुःख । पाँचौ पटक प्रधानमन्त्रीको लट्रीपरेपछिका देउवाका अक्षमताका र कमजोरीका फेहरिस्त आजको एवीसी चेकमा समेट्ने प्रयास गर्ने छौ ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनपछि बाक्लिएको अमेरिकी उच्च अधिकारीहरुको चरणबद्ध नेपाल भ्रमणलाई लिएर सर्वत्र चासो कायम छ । केहिदिन अघि मात्रै अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चाल्र्स भारत हुँदै नेपाल आए ।

प्रधानमन्त्री शेर बहादुरको अमेरिका भ्रमणको चर्चा चलिरहेको बेला उनको यो भ्रमण अमेरिकी शैन्य रणनीतिक योजना स्टेट पार्टनरशीप प्रोग्राम एसपीपीमा हस्ताक्षर गराउने तर्फ केन्द्रीत थियो भने यहि वीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण यहि हस्ताक्षरका लागि भएको आशंका गरियो । जसको चौतर्फी विरोध भइरहेको छ । सरकारले एसपीपीको च्याप्टर क्लोज भइसकेको स्पष्ट पारे पनि दलहरुबीचको आरोप–प्रत्यारोपले थप शंका बढेको छ ।

नेपाली सेनाले सन् २०१५ मा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदुत अलाइन्न बि टेप्लिजलाई एसपीपीमा नेपाली सेना इच्छुक भएको पठाएको पत्र सार्वजनिक भयो । नेपाली सेना विवादित बनेपछि शुक्रवार प्रधानसेनापति आफै संसदीय समितिमा उपस्थित भएर २७ अक्टोबर सन् २०१५ मा भूकम्पका बेलामा मानवीय सहयोगका लागि मात्र एसपीपीलाई पत्र लेखिएको स्पष्ट पारेको छ ।

उक्तपत्रमा कुनैपनि सैन्य सम्झौतामा जोडिने कुरा उल्लेख नरहेको भन्दै सैन्य सम्झौतामा जोडिने कुरा नेपाली सेनालाई स्वीकार्य नहुने उनले बताएका छन । यतिधेरै विषय सार्वजनिक भइसकेपछि प्रधानमन्त्री देउवाले संसदको रोस्टमै अभिएर जवाफ दिनुपर्ने थियो । तर यस्तो गम्भीर विषयमा जवाफ नै आवश्यक नठानेका प्रधानमन्त्री बरु एक होटलमा आयोजित कार्यक्रममा व्यस्त बने । किनकि उनलाई अमेरिकाले भनेका हरेक कुरा पुरा गरिदिनुछ ।

संसदमा सांसदहरु प्रधानमन्त्रीबाट जवाफको उपेक्षा गरेका थिए । देउवा नै सहभागि नभएपछि संसदमा उनीको खोजिसमेत गरियो । लगातार सांसदहरुले प्रश्न उठाईरहँदा उनी त्यसलाई वेवास्ता गर्दै हिने । जसलाई संसदको गरिमाकै अपमानका रुपमा सांसदहरुले अथ्र्याए । यहिवीचमा आइतबार बिहान बोलाइएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि प्रधानमन्त्री देउवा अनुपस्थित भए ।

फलत ः बैठकमा सांसद भीम रावलले बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभइ अनुपस्थित नहुनु संसदीय गरिमाको अवमूल्यन हुने बताए । सांसदहरु सुदन किराती, राम कार्कीले पनि बैठकमा प्रधानमन्त्री उपस्थित नहुनले आशंका उब्जाएको बताए । आफू उपस्थित हुन नसक्दा प्रतिनिधि पठाउने गरिएको भए पनि आइतबारको बैठकमा प्रधानमन्त्रीले त्यसोसमेत नगरेको भन्दै उनीहरुले आपत्ति जनाए । रावलले त खेद प्रस्ताव पारित गर्न नै माग गरे

एसपीपीका बारेमा जवाफ दिन प्रधानमन्त्री देउवा नआएपछि नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि बाहिरिए भने आजसम्ममा एसपीपीबाट बाहिरिने पत्र लेखिसक्नुपर्ने सांसदहरुको माग थियो । योसंगै अर्को विषयले पनि अहिले सदन तातिएको छ । विवादित अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेरमा विचौलिया भित्र्याएको विषय सार्वजनिक भएपछि संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिदै आएको छ ।

संकटउन्मुख अर्थतन्त्रलाई सुधार्न नसकेको आक्षेपका वीच उनले यसअघि राष्ट्रवैंकबाट अवैध रकमलाई छुटाउन दवाव दिएको तथा गर्भनरलाई कारबाही गरेको विषयले विवाद भोगिसकेका छन । नैतिकताका आधारमा राजिनामा दिनुपर्ने त्यतिवेलै देखिको मागका वीच उनले नयाँ विवाद निम्त�