Breaking

संसदमा भट्टराई र सभामुखको नोकझोक, एमाले सासदले गरे बहिष्कार, पारित भयो विनियोजन विधेयक

योहो संवाददाता

काठमाडौँ — बिहीबार बसेको प्रतिनिधिसभाको बैठक नेकपा एमालेका सांसदहरुले आंशिक बहिष्कार गरेका छन । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो ।
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा विहिबार पनि विभिन्न मन्त्रालयका उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिएका छन ।

जसक्रममा अर्थमन्त्री जनार्दन शर्माको राजिनामाको विषयलाई लिएर प्रमुख प्रतिपक्षीले संसद नै बहिष्कार गर्यो । अर्थमन्त्री शर्माले उठेका प्रश्नहरूमाथि जवाफ दिएपछि छलफलमा सहभागी हुँदै एमाले सचेतक विशाल भट्टराईबीच भट्टराईले बजेट निर्माणको अघिल्लो दिन भएको देशप्रतिको असाध्यै ठूलो गद्दारी भएको उल्लेख गरे । त्यसको तुरुन्तै सभामुख अग्नि सापकोटाले उक्त शब्द संसदीय मर्यादाविपरीत भएकोले त्यो शब्द रेकर्डबाट हटाएको बताए । त्यसलगत्तै नेकपा (एमाले) ले विरोध जनाउँदै बैठक छोडेर बाहिरिएको थियो ।

तर सभामुख अग्नी सापकोटाले संसदलाई जारी राखे । गृहमन्त्रीले जवाफ दिने क्रममा संसदमा आएका एमाले सांसदहरु फेरी अर्थमन्त्रीको पालो आएपछि बैठक बहिस्कार गरेका थिए । बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरिएपनि सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी काम कारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए ।

यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए । एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक जारी राखे भने अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जवाफ दिए । विवादकै विच उनले विनियोजन विधेयक पेश गरे भने विधेयक वहुमतले पारित समेत गरेको छ ।

आजको वैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहे पनि जवाफ दिनेबेला प्रधानमन्त्री संसदमा सहभागी भएनन् ।

उनको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जवाफ दिएका थिए । जुन विषयमा पनिसांसदहरुले प्रश्न उठाएका थिए । कार्यव्यस्तता भनेर संसद छलेर अन्य कार्यक्रममा जानु सार्वभौम संसदको अपमान भएको भएको उनीहरुको भनाईकावीच देउवा विनियोजन विधेयक पारित भएपछि सदनमा प्रधानमन्त्री उपस्थित भएका थिए ।