देश

पहिलोपटक नायिकाजस्तो महसुस भयो: आँचल शर्मा

योहो संवाददाता

काठमाडौँ — आँचल शर्माले करिअरमा पाँच फिल्ममा अभिनय गरिन् । उनको नयाँ फिल्म ‘वर एण्ड वधु’ जेठ अन्त्यदेखि छायांकन हुँदैछ । बुधबार भव्य शैलीमा गरिएको पत्रकार सम्मेलनमा नायिकाको रुपमा आँचलको इन्ट्री पनि ‘भव्य’ नै भयो । स्टाइलिस गाउनमा आइपुगेकी आँचललाई स्वागत गर्न रेडकार्पेटमा आकर्षक लाइटिङ पनि गरियो ।

क्यामेराको चम्किलो प्रकाश, फोटोसुट, ब्याकग्राउन्ड स्कोर र लोकेसन भव्यताले उनको इन्ट्रीलाई भव्य नै तुल्यायो । यही भव्यतातर्फ संकेत गर्दै उनले आफूलाई पहिलोपटक नेपालकी नायिकाजस्तो महसुस भएको बताइन् । मलाई फस्टटाइम नेपालकी नायिकाजस्तो फिल भयो । म आफूलाई नायिका मान्दिनँ । म कलाकार मात्र हुँ । भव्य कार्यक्रममा सहभागिता पहिलोपटक जनाएकी हुँ । अविष्मरणीय कार्यक्रम बन्न पुगेको छ ।’

आफूले आयोजना गरेका कार्यक्रमलाई भव्य तुल्याउन निर्देशक मिलन चाम्सले यसअघि विभिन्न शैलीलाई पछ्याएका छन् । ‘लिलिबिली’को पत्रकार सम्मेलनमा अभिनेत्री प्रदीप खड्काको लागि अंगरक्षक व्यवस्था गर्दा यसले चर्चा बटुल्यो ।