देश

आफूले जित्नेमा विश्वस्त छु : डंगोल


काठमाडौँ — नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताउनु भयो । उपमेयरकी उम्मेदवार डंगोलले भन्नुभयो, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहीत छु । मैले जनताको माया पाएकी छु यो ने जितको ठूलो आधार हो ।’ उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ ।