देश

रोल्पामा १०१ वर्षीया वृद्धद्वारा मतदान


काठमाडौँ — रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरेकी छन् । उनले थवाङ गाउँपालिका वडा नंं १ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् । पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्तीमगरकी आमा हुन् । हिँडडुल गर्न नसक्ने पुणीलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् ।

निर्वाचनको बेला सधैं चर्चामा आउने थवाङमा यस पटक शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले र स्वतन्त्रको गठबन्धन छ । स्वतन्त्रलाई विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ ।